Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोटोन मोटर्सको विश्वस्तरीय एम्बुलेन्स

फोटोन मोटर्सको विश्वस्तरीय एम्बुलेन्स


काठमाडौं । नेपाल सरकार स्वास्थ मन्त्रालयले तोकेको मापदण्डबमोजिमको एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विश्वस्तरीय टुनल्याण्ड एम्बुलेन्स नेपाली बजारमा बिक्री सुरु गरेको छ । सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पीकअप, बस र निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ । यस्तोमा कम्पनीले उत्पादन गरेको टुनल्याण्ड एम्बुलेन्स नेपालमा बिक्री सुरु गरेको हो ।

नेपाल सरकार स्वस्थ मन्त्रालयको निर्देशिकाबमोजिम क्याटगोरी ‘ए’ र ‘बी’मा उपलब्ध रहेको कम्पनीका सेल्सहेड नवीन आचार्यले जानकारी दिएका छन् । जर्मन अटो जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी उत्पादन गर्दै आएको छ भने इन्जिनको लागि कमिन्स्सँग सहकार्य गरेको छ । यसले डिजेल इन्जिनमा फोटोनका गाडीहरु निकै शक्तिशाली रहेका छन् ।

यस्तो छ टुनल्यान्ड एम्बुलेन्स : राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अब फोर ह्वील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको एम्बुलेन्स मात्र सञ्चालन गर्न पाउनेछन्, त्यसमा टुनल्यान्ड एम्बुलेन्स सबै मापदण्ड पूरा गर्ने कम्पनीले जनाएको छ । एम्बुलेन्सभित्र एउटा बिरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधारहरु उपलब्ध रहेको र जसका कारण बिरामीलाई अस्पताल लैजाँदा वा ल्याउँदा निकै सहज हुने कम्पनीले बताएको छ । साथै अस्पतालहरुको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन समेत सकिने कम्पनीले बताएको छ ।

टुनल्यान्ड एम्बुलेन्समा २.८ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १२० किलोवाट पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३६० एनएम रहेको छ । फोर वाई फोर सिस्टम जडान भएको यो पीकअप विश्वका १४० भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । अधिकत १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो पीकअपमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया