Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकद्वारा बारामा शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकद्वारा बारामा शाखारहित बैंकिङ सेवा विस्तार


काठमाडौं । सनराइज बैंकले बाराको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटीएम सेवा विस्तार गरेको छ । बैंकका अनुसार योसँगै बैंकको कुुलशाखारहित बैंकिङ सेवाको संख्या ७९ पुगेको छ भने एटीएमको संख्या एक सय ६१ पुगेको छ ।

बैंकले एटीएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत एटीएम सेवाअन्तर्गत एटीएम कार्ड र विनाएटीएम कार्डमार्फत कारोबार गर्न सकिने जानकारी दिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङसेवा, १२ वटा एक्सटेन्सन काउन्टर र एक सय ६१ वटा एटीएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया