Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आईपीओ आवेदन दिन सकिने

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आईपीओ आवेदन दिन सकिने


काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमै पहिलो पटक एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमार्फत आईपीओ आवेदन दिन सकिने भएको छ । सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले आफ्ना ग्राहकहरूको लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनीकरण गर्ने उद्देश्यले अतुलनीय सहजतासहित नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

यो बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरूले यो नवीन सेवाअनुसार आईपीओ खुलेका सेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् । कोभिड १९ को महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी एनआईसी एसिया मोबाइल बैंकबाट आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

बैंकको एनआईसी एसिया मोबाइल बैंक प्रयोगकर्ताहरूले एपभित्र रहेको एप्लाइ सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् । एप्लाइ सेयर आइकनमा ट्याप गरेपछि त्यसभित्र आईपीओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनोट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सोबाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको सर्त तथा नियम पालना गरेर सबमिट गरेपछि आवेदन पूरा हुनेछ ।

ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यो सुविधाबाट भौतिकरुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । यसरी घरमै बसेर आईपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले एनआईसी एसिया मोबाइल बैंक डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नभएकोमा बैंकमा बचत खाता खोलेर एनआईसी एसिया मोबाइल बैंक डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोलेर समयमै आईपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्नेछन् । साथै, बैंकले आफ्नो वेबसाइटमा रहेको एप्लाइ नाउ आइकनमा ट्याप गरेर समेत आईपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकहरुलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई एनआईसी एसिया मोबाइल बैंक प्लाटफर्ममार्फत अघि बढाइरहेको छ । जसअनुसार ग्राहकहरूल एनआईसी एसिया मोबाइल बैंक प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटीएमको स्थान, एनटीसी/एनसेल टपअप, युटिलिटी बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदिजस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नेछन् ।

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एनआईसी एसिया मोबाइल बैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाइनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।

यस आईसर्भमार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन, पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरू (ई–कमर्स दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाइ ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५६ शाखा कार्यालयहरू, चार सय ७१ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । करिब २७ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी आर्थिक वर्ष २०७६–०७७ मा करिब दुुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया