Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वव्यापी अर्थतन्त्र सुस्त रहने प्रक्षेपण

विश्वव्यापी अर्थतन्त्र सुस्त रहने प्रक्षेपण


लण्डन । विश्वव्यापी अर्थतन्त्रले सुस्त वृद्धिको समाना गरिरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले जनाएको छ । आइएमएफले मंगलबार आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक उत्पादन तीन दशमलव दुई प्रतिशतले बढ्ने बताएको छ ।

विश्वव्यापी कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) गत वर्ष पनि सोही दरमा वृद्धि भएको थियो भने सन् २०२५ को लागि गरिएको पूर्वानुमान पनि उस्तै छ । सन् २०२३ को आर्थिक वृद्धि विगत दुई दशकको औसतभन्दा निकै कम थियो । सन् २००२ देखि २०१९ सममको औसत वार्षिक जीडीपी वृद्धि चार प्रतिशत भन्दा कम थियो ।

आईएमएफले प्रतिबन्धात्मक मौद्रिक नीतिलाई औंल्याइरहेको छ, धेरै देशहरूले अझै पनि मुद्रास्फीतिसँग लड्न उच्च ब्याज दरहरू प्रयोग गरिरहेका छन् । उच्च दरले पैसा उधारो गर्न महँगो बनाउँछ । यसले नक–अन प्रभाव पार्न सक्छ, खर्च घटाउँछ र अन्ततः मुद्रास्फीतिमा ब्रेक राख्छ ।

उपभोक्ता मूल्य मुद्रास्फीति सन् २०२२ मा औसत आठ दशमलव सात प्रतिशतमा पुगेको थियो । धेरै देशहरू दैनिक जीवनको लागत बढ्दै जाँदा चकित थिए । मुद्रास्फीति सन् २०२३ मा सात प्रतिशतभन्दा तल झ¥यो भने यस वर्ष पाँच दशमलव नौ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

तर मध्यपूर्व र रुस–युक्रेन युद्ध झन चर्कि्रदै गएको छ, अमेरिका र युरोपका केन्द्रीय बैंकहरुले ब्याजदर घटाउन मानेका छैनन् । आईएमएफले मुद्रास्फीति मात्रै समस्या नभएको भन्दै चेतावनी दिइरहेको छ ।

भारत र चीनको अर्थतन्त्रमा भने तुलनात्मक रुपमा बढी सुधार हुने प्रक्षेपण गरेको छ । सन् २०२४ मा भारतले छ दशमलव आठ प्रतिशत र चीनले चार दशमलव छ प्रतिशत जीडीपी विस्तार गर्ने अनुमान आईएमएफको छ ।

लाल सागरमा हुथी विद्रोहीहरुले मालसामान बोकेका जहाजहरुमा आक्रमण गर्दा आपूर्ति श्रृङ्खलामा अवरोध भएको थियो । तर पनि विश्वव्यापी व्यापारको मात्रा क्रमशः बढ्दै गएको छ । आईएमएफले सन् २०२४ मा तीन प्रतिशत र २०२५ मा तीन दशमलव तीन प्रतिशतले व्यापार बढ्ने अनुमान गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया