फोहोर व्यवस्थापन नगर्दा भीमदत्त नगरपरिसर दुर्गन्धित
महेन्द्रनगर, मंसिर २९
कञ्चनपुरको भीमदत्त नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न हालसम्म दीर्घकालीन उपायको खोजी गर्नसकेको छैन । फोहोर व्यवस्थापन नगर्दा नगरपालिकाको परिसरमा थन्किएको फोहोर गन्हाउन थालेको छ । तर पनि नगरपालिकाले उक्त फोहोर हटाएको छैन ।हालसम्म भीमदत्त नगरपालिकाले फोहोर व्यवस्थापनका लागि करोडौँ रुपैयाँ खर्च गरिसकेको छ तर पनि फोहोर व्यवस्थापन तथा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको खोजी गर्न सकेको छैन । फोहोर व्यवस्थापनका लागि स्थानीयहरुले पटक–पटक गुनासो गरे पनि दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन ।
हाल भीमदत्त नगरपालिकाले बजार क्षेत्रबाट संकलन गरेको फोहोरलाई व्यवस्थापन गर्न ग्यास उत्पादन केन्द्रको स्थापना गरेको छ तर त्यसले उचित व्यवस्थापन गर्न सकेको छैन । बजारबाट संकलन गर्ने गरेको फोहोरलाई कुहिने फोहोरलाई गोबर ग्यास प्लान्टमा प्रयोग गर्ने गरेको छ भने नकुहिने फोहोरलाई विभिन्न क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्नमा प्रयोग भइरहेको नगरपालिकाका योजना अधिकृत पुष्पराज भट्टले बताए ।
‘नगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्नका लागि एकीकृत फोहोरमैला व्यवस्गापन केन्द्रको लागि खोजी कार्य भइरहेको छ । यसका लागि नगरपालिकाका वडा नम्बर ३, ७, ८ र ११ मा डम्पिङसाइटको लागि खोजी भइरहेको छ’, योजना अधिकृत भट्टले भने, ‘अहिले तत्काल भने कुहिने फोहोर नगरपालिकाको गोबर ग्यासमा प्रयोग हुन्छ भने नकुहिने फोहोर विभिन्न क्षेत्रबाट खाल्डाखुल्डी पुर्नका लागि आएको ठाउँमा भर्ने गरिएको छ ।’ नगरपालिकाको नगरपरिषद्ले नगरको फोहोर मैला व्यवस्थापन गर्नका लागि दुई करोड रुपैयाँ बजेट छुट्याएको थियो । यस वर्षको बजेटमा पनि दुई करोड बजेट छुट्याएको नगरपालिकाका योजना अधिकृत भट्टले बताए ।
भट्टका अनुसार फोहोर व्यवस्थापन गर्न मात्रै हरेक वर्ष २ करोड बजेट छुट्याइन्छ भने हालसम्म फोहोर मैला व्यवस्थापनका लागि डम्पिङसाइट नबन्नु तथा फोहोर नै नगरपालिकाको कम्पाउण्डभित्र थन्किनुले राज्यको बजेट माथि नै शंका उठ्ने देखिन्छ । नगरपालिकाले नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्रको स्थापनाका लागि खोजी भइरहेको बताएको छ ।
केन्द्रको स्थापनाका लागि नगरपालिकाको वडा नम्बर ३, ४, ७ र ११ मा उपयुक्त ठाउँको खोजी भइरहेको बताएको छ । तर उचित सहमति हुन नसक्दा र जग्गाको अभावका कारण पक्रिया अगाडि बढ्न नसकेको ३ नम्बर वडाका वडा अध्यक्ष राम जप्रेलले बताए । उनका अनुसार उक्त केन्द्र स्थापनाका लागि कम्तीमा पनि २० बिघा जमिन चाहिने हो तर ३ नम्बर वडासँग जमिन नहुँदा उक्त प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।
एकीकृत फोहोरमैला व्यवस्थापनका लागि कम्तीमा पनि २० बिघा जमिन चाहिने भएपछि सम्भावित वडाहरु ३, ४ र ८ गरेर तीनवटै वडामा मिलाएर मात्रै डम्पिङसाइट बनाउन आफूहरु तयार रहेको ३ नम्बर वडा का अध्यक्ष जप्रेलले बताए । यसका लागि ७ नम्बर वडाले सहमति दिएको भए पनि ८ नम्बर वडामा जंगल पर्ने भएकाले जमिन उपलब्ध गराउन नसकिएको बताइएको छ । वडा नम्बर ३, ७ र ८ जोडिएका वडाहरु हुन् । एकीकृत फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले ५३ करोड छुट्याएको ३ नम्बर वडाका अध्यक्ष जप्रेलले बताए । यस्तै डम्पिङ साइट पर्ने वडाले १५ करोड बजेट छुट्याउनेछ । यसर्थ तीनवटा वडामा मिलाएर डम्पिङ साइड बनाएमा ५/५ करोड परेर भार नपर्ने आफूहरुको भनाइ रहेको अध्यक्ष जप्रेलले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया