Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवडाध्यक्षको श्रीमतीलाई दोहोरो सुविधा

वडाध्यक्षको श्रीमतीलाई दोहोरो सुविधा


आशिष बहादुर सिंह
बझाड. ।
जयपृथ्वी नगरपालिका नम्बर ५ का वडाध्यक्ष डम्बर सिहंकी श्रीमतीले दोहोरो सुविधा लिएको भेटिएको छ । वडाध्यक्ष सिंहकी श्रीमती लक्ष्मीदेवी सिंह स्थानीय ऋषिकुण्ड आधारभूत विद्यायमा शिक्षिकाको रूपमा कार्यरत रहेकी छिन् । लक्ष्मी लुयाटा स्थास्थ्यचौकीअन्तर्गतको महिला स्वास्थ स्वयमसेविका पनि हुन् ।

वडाध्यक्ष सिहंकी श्रीमती लक्ष्मीदेवी सिहंले विगत लामो समयदेखि नै दोहोरो सुविधा लिइरहेको पाइएको छ । एउटा व्यक्तिले दोहोरो सरकारी सुविधा लिन नपाउने व्यवस्था छ । दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि वडाध्यक्षले राजनीतिक शक्तिको आडमा श्रीमतीलाई दोहोरो सुविधा दिइरहेको स्थानीयको भनाइ छ । स्थानीयले दोहोरो सुविधा लिन नपाउने भन्दै बारम्बार विरोध जनाए पनि वडाध्यक्ष सिहंले श्रीमतीलाई दोहोरो सुविधा दिइरहेका छन् । दोहोरो सुविधा लिएको भन्दै जयपृथ्वी नगरपालिकामा स्थानीयको उजुरी समेत परेको थियो । नगरपालिकाले दोहोरो सुविधा लिएको सत्यतथ्य के हो राय पेश गर्न लुयाटा स्वास्थ्य चौकीलाई परिपत्र समेत गरेको थियो ।

नगरपालिकामा उजुरी परेको दुई महिना बितिसक्दा समेत वडाध्यक्ष सिहंकी श्रीमतीले दोहोरो सरकारी सुविधा उपभोग गरिरहेकी छिन् । राजनितिक पावरको भरमा आफ्नै श्रीमतीलाई दोहोरो सरकारी सुविधा उपभोग गर्न दिएको र वडाका अन्य योजनाहरू समेत राजनीतिक आस्थाका आधारमा वितरण गर्ने गरेको स्थानीएको आरोप छ ।

यस विषयमा वडाध्यक्ष सिहंले भने स्वयमसेविकाबाट हटाउन परिपत्र आइसकेकोले अबको केही दिनभित्रै महिला स्वास्थ्य स्वयमसेविकाको पदबाट राजीनामा दिने बताए । सिंहका अनुसार गाउँमा आमा समूहको बैठक बसाइसकेको र स्वयमसेविका छनोट भएलगत्तै महिला स्वास्थ्य स्वंयमसेविकाको पदबाट राजीनामा हुने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया