Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगैरआवासीय नेपाली संघद्वारा लालपुर्जासहित ‘लाप्राक नमूना बस्ती’ हस्तान्तरण

गैरआवासीय नेपाली संघद्वारा लालपुर्जासहित ‘लाप्राक नमूना बस्ती’ हस्तान्तरण


काठमाडौं ।
गैरआवासीय नेपाली संघले भूकम्पपछि निर्माण गरेको ‘लाप्राक नमूना बस्ती’ लालपुर्जासहित लाभग्राहीहरूलाई आधिकारिकरूपमा हस्तान्तरण गरिएको छ ।
संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार एक समारोहबीच ‘लाप्राक नमूना बस्तीका घरहरू लालपुर्जासहित धार्चे गाउँपालिकाका लाभग्राहीहरूलाई हस्तान्तरण गरेका हुन् । साथै उनीहरूले दाताहरूको नाम भएको शिलापत्रको समेत अनावरण गरेका थिए ।

२०७३ साल वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघबीच त्रिपक्षीय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माणकार्य सुरु भएको थियो ।

विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघको प्रत्यक्ष सक्रियतामा पाँच सय ७३ वटा निजी आवास निर्माण सम्पन्न भएको हो ।

बस्ती हस्तान्तरण समारोहमा धार्चे गाउँपालिका वडा नं. ४ का अध्यक्ष राजु गुरुङले सहभागीहरूको सम्मानमा स्वागत मन्तव्य दिएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना बस्ती हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै पूर्वधार विकासको लागि प्राधिकरणले प्रतिघर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बताए ।

संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण भई हस्तान्तरण गर्न सफल भएको बताउँदै निर्माण गर्नुभन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औँल्याए । संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७ करोड ६६ लाख चार हजार आठ सय ३६ रूपैयाँ ४९ पैसाको लागतमा निर्माण भएको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया