सुबास बस्नेत
दोलखा, पुस २९
माघे सङ्क्रान्ति नजिकिएसँगै जिल्लाका बजार घरेलु तथा जङ्गलमा पाइने कन्दमूलले भरिभराउ भएको छ । चरिकोट बजारमा एकै दिन दुई लाखभन्दा बढीको तरुल बिक्री हुनेगरेको स्थानीय तरुल व्यापारीले बताएका छन् । माघे सङ्क्रान्ति विशेष परिकारको रूपमा खाइने वनतरुल तथा घरतरुलको माग बढेको पाइएको छ । सङ्क्रान्तिमा तरुलको माग बढेपछि चरिकोट सबै बजारमा लाखौँको कारोबार हुन थालेको हो ।
स्थानीय व्यापारीले दोलखा उत्पादन भएको तरुलले नधान्ने भएपछि काठमाडौँको कालिमाटी बजारको तरुल ल्याएर समेत बिक्री गर्ने गरेका छन् । भिमेश्वर नगरपालिका वडा नम्बर ५ का सूर्यबहादुर बुढाथोकीले आफैँले उत्पादन गरेको तथा जंगलबाट खोजेर ल्याएको दुई सय केजी तरुल बिक्री गर्न राखेको बताए । उनले आइतबार ५० हजारको र सोमबार ७० हजारको तरुल बिक्री गरेको बताए । बुढाथोकीले सङ्क्रान्तिको दिनसम्म करिब एक लाखबराबरको तरुल बिक्री हुने बताए ।
त्यसैगरी जिल्लाको बैतेश्वर गाउँपालिका ३ की तरकारी व्यापारी कमला बस्नेतले पनि अहिले तरुलको व्यापार राम्रो भएकाले एक सय केजी तरुल बिक्री गर्न राखेको बताइन् । उनले पनि सोमबार १५ हजारको तरुल बिक्री गरेको बताइन् । अहिले चरिकोट बजारमा प्रायजसो सबैतिर कन्दमूलको मात्र व्यापार भएको छ । बजारमा बनतरुल प्रतिकेजी दुई सय पचास रूपैयाँ, स्कुसको जरा एक सय रूपैयाँ, घरतरुल एक सय १० रूपैयाँ र पिँडालु प्रतिकेजी एक सयमा बिक्री हुने गरेको छ । दोलखामा कमै मात्रमा तरुल उत्पादन हुने हुँदा काठमाडौँबाट तरुल ल्याएर बिक्री गरेको तरुल व्यापारी राम श्रेष्ठले बताए । जिल्लाका विभिन्न जङ्गलमा क्षेत्रमा तरुल पाइने गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया