Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटक ७० प्रतिशतले वृद्धि

सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटक ७० प्रतिशतले वृद्धि


सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवगमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्यामा ७० दशमलव १७ प्रतिशतले बृद्धि भएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालू आर्थिक वर्षको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन् । चालू आर्थिक वर्षको साउनमा तीन सय ८५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मंसिरमा चार हजार ६५ जना भ्रमणकर्ता खुम्बु पुगेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकरी दिए । उनका अनुसार पाँच महिनामा २१ हजार आठ सय ५३ जना विदेशी र तीन हजार एक सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

भ्रमण गर्ने विदेशी पर्यटकमध्ये एक हजार नौ सय ९० सार्क मुलुकका र १० हजार आठ सय ६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्याङ्क छ । निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट पाँच महिनामा तीन करोड ५५ लाख ७७ हजार एक सय ७६ रूपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक तीन हजार रूपैयाँ प्रवेश शुल्क लिनेगरेको छ भने सार्क मूलुकका नागरिकबाट एक हजार पाँच सय र नेपाली पर्यटकबाट एक सय रपैयाँ प्रवेश शुल्क लिनेगरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया