Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिजनमत पार्टी सरकारमा सहभागी नहुने

जनमत पार्टी सरकारमा सहभागी नहुने


काठमाडौँ । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा जनमत पार्टीले उम्मेदवारी दिने भएको छ ।

सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरद्सिंह यादवले सो जानकारी दिएका हुन् । साथै सो पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने जनाएको छ ।

उनले सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी पनि दिए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया