कोशीमा सरकार बनाइसक्नु पर्ने समयावधिकै दिन समर्थनबारे राप्रपाले निर्णय गर्ने
काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले गत असोज २० गते पदबाट राजीनामा दिएसँगै त्यहाँ सरकार बनाउने समायावधि आगामी शुक्रबारसम्म रहेको छ । गठबन्धनलाई राप्रपाको समर्थनबिना बहुमत नपुग्ने भएकाले र कोशीमा स्थायी सरकार गठन हुन नसकेको अवस्थामा राप्रपाले गठबन्धनलाई समर्थन गर्ने/नगर्ने निर्णय शुक्रबारकै दिने गर्ने भएको छ ।
सोही विषयलाई लिएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जनाए । उनका अनुसार कोशी प्रदेश सरकार गठनबारे छलफल गरी आवश्यक निर्णय लिन उक्त दिन बैठक बोलाइएको हो ।
राप्रपाको पछिल्लो कार्यसम्पादन समिति बैठकले नेताहरूसँग सुझाव लिई कोशी सरकारबारे निर्णय लिन सक्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो । उता, ६ जना सांसद रहेको राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउने जमर्को गरिरहेको छ ।
कोशीका मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन् । यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापा र एमाले संसदीय दलका नेता हिक्मत कार्की दुई–दुई पटक कोशीको मुख्यमन्त्री भइसकेका छन् । बहुमत पुर्याउन नसक्दा महिना दिन नपुग्दै उनीहरूको सरकार ढल्ने गरेको छ ।
क्याटेगोरी : राजनिति, कोशी प्रदेश
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया