Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशखुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ


सुनसरी । खुकुरी प्रहारबाट इटहरी उपमहानगरपालिकास्थित मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै विराटनगरस्थ्ति न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका–९ बस्ने ४९ वर्षीय निमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा कमालालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध, कोशी प्रदेश

तपाईको प्रतिक्रिया