Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधव्यवसायीलाई ठगी गरेको आरोपमा कर्ण पक्राउ

व्यवसायीलाई ठगी गरेको आरोपमा कर्ण पक्राउ


लहान । सिराहा जिल्लास्थित रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाले नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशनकुमार यादवले उच्च अदालत जनकपुर अन्तर्गतको राजविराज इजलासमा दायर गरेको मुद्दाको सुनवाइको आधारमा माघ २२ गते पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका कर्णलाई प्रहरीले अनुसन्धान जारी राखेको छ ।

सिराहा बजारमा रहेको जनरल सप्लायर्सबाट चन्द्र नमुना माध्यमिक विद्यालयको निर्माण कार्यको लागि पटक पटक सिमेन्ट, छड, तार रङ्ग तथा निर्माण उपयोगी समानहरू लगिएको थियो ।

पसल सञ्चालक रोशन कुमार यादवले १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँको विल बुझाउँदा आलटाल गरेपछि अदालतमा मुद्दा दायर गर्नुपरेको बताए । भुक्तानीको लागि विद्यालयमा २०७४ सालदेखि वर्षौँ धाउदा पनि कुनै सुनवाइ नभएपछि अदालतको सहारा लिनुपरेको यादवले बताए ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया