Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा पक्राउ

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा पक्राउ


नवलपरासी पूर्व । विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । विनयी त्रिबेणी गाउँपालिका बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका दुम्किबास बजारबाट पक्राउ गरेको हो । साथै, उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया