Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधपोखरामा श्रृङ्खलावद्ध चोरी गर्ने दिपेश पक्राउ

पोखरामा श्रृङ्खलावद्ध चोरी गर्ने दिपेश पक्राउ


पोखरा । पोखराका विभिन्न स्थानमा श्रृङ्खलावद्ध चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महागरपालिका वडा नं.१४ का २१ बर्षीय दीपेश परियार रहेका छन् । उनले माघ महिनाको विभिन्न मितिमा ६ स्थानमा चोरी गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रहरीका अनुसार दीपेशले माघेसंक्रान्तिको दिन बिहान करिब ५ बजे पोखरा ६ लेकसाइडस्थित सोल ओरिजिन क्याफेमा चोरी गरेका थिए । उनले त्यहाँबाट नगद १० हजार रुपैयाँ, रक्सी, चुरोट, ट्यावलगायतका सामाग्री गरि ८७ हजार ५ सय २५ रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले उल्लेख गरेको छ ।
माघ १३ गते उनले एकै दिनमा पोखराका दुई स्थानमा चोरी गरेका थिए । राति २ बजे पोखरा ५ जिरो किमिको कफीबक्स क्याफेमा उनले चोरी गरेका थिए । सो क्याफेबाट उनले नगद १५ हजार रुपैयाँसहित विभिन्न सामाग्री गरि ८९ हजार १ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।

सोही दिन उनले लेकसाइडको सेन्टर प्वाईन्टस्थितमा रेष्ट्रो लाउञ्जबारबाट नगद ३५ हजार र चुरोटसहित ३५ हजार ९ सय ६० रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले उल्लेख गरेको छ । यसैगरी उनले माघ १६ गते तीन स्थानमा चोरी गरेको प्रहरीले जनाएको छ । राति ३ः५० बजे लेकसाईड फुटट्याकस्थित सोप्निल दरबार खाजा घरमा चोरी गरेका थिए । उनले त्यहाँबाट नगद, रक्सी, चुरोट लगायतका सामाग्री गरि कूल २७ हजर २ सय ८० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

सोही राति करिब ४ बजे उनले लेकसाईडस्थित एलिजक्याफेबाट नगद, गिटार, चुरोटलगायतका सामाग्री गरी कूल १२ हजार ६ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । सोहीदिन राति ४ः३० बजे उनले टोनिकलाउञ्ज एण्ड बारमानगद १३ हजार रुपैयाँ, रक्सी र चुरोट गरि १९ हजार १ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा धनमाल चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरीले चोर खोजी गर्ने क्रममा परियारलाई आफ्नै घरबाट पक्राउ गरेको हो । परियारको साथबाट चोरी भएका केही सामाग्री बरामद भएको र अन्य धनमालको विषयमासमेत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारविरुद्ध जिल्ला अदालत कास्कीमा चोरी तथा डाँकासम्वन्धी मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया