Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधनक्कली सुन देखाई एक महिलालाई ठगी गर्ने पाँच जना पक्राउ

नक्कली सुन देखाई एक महिलालाई ठगी गर्ने पाँच जना पक्राउ


भक्तपुर । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिन बहादुर लामा, ४८ वर्षीय जित बहादुर तामाङ र काठमाडौं मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङ रहेका छन् ।

उनीहरुले रामेछाप दोरम्बा गाउँपालिका घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया महिलालाई १ केजी सुन छ लगानी गनुपर्यो बेचेर भागबण्डा गरौंला नाफा हुन्छ भनि सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारी पीडितबाट सात लाख ७५ हजार रूपैयाँ ठगी गरेका थिए । उक्त ठगीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर बोडेबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये छुल्टीम लामा, राजेन्द्र तामाङ, चिन बहादुर लामा र जित बहादुर तामाङलाई शुक्रबार र दावा दुण्डुप तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । यसैगरी छुल्टीमको साथबाट नगद एक लाख २२ हजार रूपैयाँ र मोबाइल थान, राजेन्द्रको साथबाट नगद १४ हजार रूपैयाँ र मोबाइल दुई थान, चिन बहादुरको साथबाट नगद ८६ हजार पाँच सय रूपैयाँ र मोबाइल दुई थान, जित बहादुरको साथबाट नगद ७४ हजार रूपैयाँ र मोबाइल दुई थान तथा दावा दुण्डुपको साथबाट मोबाइल एक थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया