Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधहजार दरका करिब दुई करोड नक्कली नोटसहित स्करपियो गाडी चालक भारतीय युवा पक्राउ

हजार दरका करिब दुई करोड नक्कली नोटसहित स्करपियो गाडी चालक भारतीय युवा पक्राउ


मोरङ । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा हजार दरका करिब दुई करोड नक्कली नोटसहित एक भारतीय युवा पक्राउ परेका छन् । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।

प्रहरीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।

उक्त नक्कली नोटसँगै गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइराखेको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया