Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधप्रहरीद्वारा दुईजना चन्दा आतंक मच्चाउने पक्राउ

प्रहरीद्वारा दुईजना चन्दा आतंक मच्चाउने पक्राउ


काठमाडौं । प्रहरीले विराटनगरमा चन्दा आतंक मच्चाउने दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई सार्वजनिक गरेको हो । उनीहरूले भूमिगत संगठनका नाममा मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरूमा चन्दा आतंक मच्चाएको प्रहरीले जनाएको छ ।

मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले पाँचथरको याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपीन अधिकारी र इलामको माङसेबुङ गाउँपालिका–१, गजुरमुखी घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया