Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ

ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ


काठमाडौँ । ज्यान मार्ने उद्योगमा फरार एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । २०८० साल कात्तिक २२ गते काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वरस्थित आइप्लेक्स मल नजिक नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरेर घाइते बनाई फरार मोरङका ३५ वर्षीय क्रान्ति बराईली भन्ने निलम विश्वकर्मालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

बर्तौलालाई धारिलो हतियार (खुकुरी र रड) प्रहार गरी घाइते बनाएको घटनाका मुख्य योजनाकारसमेत रहेका विश्वकर्मालाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

यसअघि प्रहरीले उक्त घटनामा संलग्न बाँके कोहलपुरका २४ वर्षीय शेरबहादुर थारु, बाँकेकै २६ वर्षीय आशीष लामिछाने मगर र झापाका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधानलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।

बर्तौलालाई कुटपीट गर्नका लागि पक्राउ विश्वकर्माले शेरबहादुर थारुलाई ५० हजार र टेकबहादुर प्रधानलाई दुई लाख दिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया