Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराध७० लाख बराबरको लत्ताकपडा सहित ट्रक नियन्त्रणमा

७० लाख बराबरको लत्ताकपडा सहित ट्रक नियन्त्रणमा


काठमाडौँ । यही फागुन १२ गते राति सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट शङ्कास्पद विलबिजक भएको ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि ट्रकसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जानकारी दिए ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया