एनएमबी बैंकमा नेपालमा नै पहिलो पटक फेसबुुकबाट खाता खोल्न सकिने
काठमाडौं, वैशाख २१
एनएमबी बैकमा फेसबुुकबाट नै खाता खोल्न सकिने भएको छ । नेपालमा नै पहिलो पटक एनएमबीले स्मार्ट बैंकिङ तर्फ फड्को मार्दै अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा प्रस्तुत गरेको हो । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरू बैंकले पस्किएको जानकारी दिएको छ ।
डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरू रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ अनुभवहरू प्रिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको हो, बैकले विज्ञप्तिमार्फत भनेको छ ।
‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरू सम्पादन गर्न सहयोग पु-याउने एक महत्वर्पू योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६३ करोड ६० लाख ७६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ११ करोड ६५ लाख २५ हजार रूपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा बैैकको यस्तो नाफा एक अर्ब १० करोड ९९ लाख ४२ हजार रूपैयाँ रहेको थियो ।
चुुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २६ अर्ब ४२ करोड ९० लाख ५९ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक खर्ब १३ अर्ब ६३ करोड ७० लाख ५३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७३ करोड ४३ लाख ९० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ९७ अर्ब ८९ करोड २३ लाख दुुई हजार रूपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख ३१ हजार रूपैयाँ कर्जाा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ५५ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया