श्री इन्भेष्टमेन्टले कमायो छ करोड ७९ लाख
काठमाडौं, वैशाख २२
श्री इन्भोष्टमेन्ट एण्ड फाइनान्सले कम्पनीले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा छ करोड ७९ लाख ९७ हजार तीन सय ६१ रूपैयाँ खुुद मुनाफा कमाएको छ । फाइनान्सले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा ७५ लाख रूपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा छ करोड चार लाख ५४ हजार नौ सय ३१ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा चार अर्ब ७६ करोड सात लाख ६९ हजार तीन सय ६६ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३२ करोड ८८ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड छ लाख ४१ हजार आठ सय ६८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले चार अर्ब ३१ करोड ५२ लाख ८८ हजार छ सय ९६ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब नौ करोड २५ लाख ५८ हजार तीन सय ३९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ५० लाख ३८ हजार चार सय ३८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया