परोपकारी युवा सन्जालद्वारा विपन्नलाई सहयोग
हेटौंडा, वैशाख २६
परोपकारी युवा सञ्जाल मकवानपूरले विपन्न तथा दलित परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना को विश्वव्यापी महामारीको कारण संक्रमण फैलिन नदिन राज्यद्वारा गरिएको लकडाउनका समस्यामा परेका विपन्न, श्रमिक, अतिविपन्न, दलित, अभावमा रहेका तथा पहुँच नभएका परिवारहरुलाई संजालले खाद्यान्न सहयोग गरेको हो । ‘बोलेर हैन गरेर देखाऔँ’ भन्ने नारालाई आत्मसात् गर्दै सन्जालले हेटौंडा उपमहानगरपालिका वडा नं ६ मा २२ परिवारलाई विशेष पोषण प्याकेज उपलब्ध गराएको सञ्जालका सदस्य रमेश सापकोटाले बताए । उक्त प्याकेजमा पालिस नगरेको वासमती चामल ५केजि, अण्डा ३० वटा, गेडागुडी तथा क्वाँटी२किलो, शुद्ध तोरीको तेल आधा लिटर, हरियो तरकारी तथा सागपात ५ किलो, फलफुल, ज्वानो जस्ता खाद्य सामग्री वितरण गरिएको बताए । उक्त कार्यक्रममा वडा अध्यक्ष अर्जुन चौलागाईं लगायतको उपस्थिति रहेको थियो।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया