मोदी र पुटिनका बीचमा कोरोनाबारे कुराकानी
नयाँ दिल्ली, असार १९
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच कोरोनाका बारेमा कुराकानी भएको छ । कोरोनासँगै दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा अग्रस्थानमा रहेका दुवै देशका शीर्ष नेताहरुले कोरोना भाइरसबाट भइरहेको क्षति न्युनिकरणका लागि के के प्रयास भइरहेको छ भन्ने बारेमा अनुभव आदानप्रदान गरेका थिए ।
त्यसैगरी उनीहरुले भावी दिनमा कोरोनाका लागि र अन्य विषयमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गरेका थिए । भारतीय अधिकारीका अनुसार उनीहरुले टेलिफोन कुराकानीका क्रममा यही बर्ष भारतमा हुने भनिएको वार्षिक सम्मेलनबारेमा पनि छलफल गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशमा हुने सम्मेलनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताउनुभएको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
आफ्नो देशमा स्वागत गर्न प्रतिक्षारत रहेको मोदीको भनाईप्रति पुटिनले धन्यवाद ज्ञापन गरेका थिए । कुराकानीका क्रममा संविधान संशोधन गरेर कार्याकाल लम्ब्याउन सफल भएको र संविधान संशोधनको प्रस्तावमा अत्यधिक मत प्राप्त गरेकोप्रति प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई बधाई दिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया