राजस्व कार्यालयमा उद्योग वाणिज्य संघको हेल्प डेस्क
बाँके, साउन ४
नेपालगञ्ज उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालयमा बिहीबार हेल्प डेस्क स्थापना गरेको छ । कर कार्यालयसँग सम्बन्धित व्यावसायिक समस्या समाधानको सहजीकरणका लागि हेल्प डेस्क स्थापना गरिएको संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म उक्त हेल्प डेस्क सञ्चालन हुनेछ भने त्यसका लागि दुई जना कर्मचारी खटाइएको छ ।
हेल्प डेस्कको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेल र संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । संघले हरेक वर्ष हेल्प डेस्क स्थापना गर्दै आएको महासचिव चिरञ्जीवी ओलीले बताए । हेल्प डेस्क समन्वय समितिका संयोजक सलाउद्दिन जसगढले हेल्प डेक्सले कर कार्यालयसंग सम्बन्धित व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया