गुगलले कोरोनाभाइरसबारे आशंकाजन्य विज्ञापनमा प्रतिबन्ध लगायो
अमेरिका, साउन ५
इन्टरनेट सर्च कम्पनी गुगलले कोरोनाभाइरसबारेका शंका÷उपशंका र डर त्रास सिर्जना गर्ने किसिमका विज्ञापनमाथि रोक लगाएको छ । अल्फाबेटको स्वामित्व रहेको कम्पनीले खतरनाक विषयबस्तुबारेका वेबसाइट र एप्लिकेसनका विज्ञापन नगर्ने निर्णय गरेको शुक्रबार नै जानकारी दिएको हो । उसले विज्ञानसम्मत विषयवस्तुलाई मात्रै प्रश्रय दिने बताएको रोयटर्सले जनाएको छ ।
विश्वकै ठूलो सर्च इन्जिन गुगलले आफ्नो नीति परिवर्तन गर्दै कोरोनाले सिर्जना गरेको स्वास्थ्य संकटमा अनावश्यक र कुप्रचार तथा रुढीवादी कुराहरुलाई हटाउने कदम चालेको हो । कोरोनाबारे इन्टरनेटमा विविध गलत सूचना प्रवाह रोक्न यो कदम प्रभावकारी हुने जनाइएको छ । अनेकौँ आशंकाजन्य सिद्धान्तको विज्ञापन गरेर पैसा आर्जन गर्नु ठीक नहुने कम्पनीको भनाइ छ । कम्पनीले अब यो भाइरस चिनियाँ प्रयोगशालामा बनाइएको भन्ने आरोपित कुप्रचारलाई रोक्नेछ ।
त्यस्तै कतिपयले यो भाइरस भन्ने नै केही होइनदेखि कतिपयले माइक्रोसफ्टका संस्थापक बिल गेट्सले बनाएको भन्नेसम्मका आरोप लगाउँदै इन्टरनेटमा विज्ञापन गर्दै आएका थिए । त्यस्तै गुगलले यसअघि नै कोरोनाभाइरसको रहस्यमय उपचार सम्भव भन्नेजस्ता विषयवस्तुमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । कतिपयले भने यो रोग आफैँ निको हुने जस्ता झूठा प्रचार समेत गर्दै आएका छन् । यससम्बन्धी थोरै संस्थालाई मात्र विज्ञापन गर्न दिइनेछ । जसले यसबारे यथार्थ जानकारी दिन्छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया