मनिष खड्का
रुकुमपश्चिम, साउन १६
रुकुमपश्चिममा आर्थिक वर्ष २०७६/७७ मा साढे चार हजार बढीले रोजगारी पाएका छन् । संघीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लाका साढे चार हजार बढी बेरोजगारले केही दिनको रोजगारी पाएका हुन् । एक आर्थिक वर्षमा कम्तीमा १ सय दिनको रोजगारीमा सहभागी नभएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार अर्थात् कम्तीमा १ एक सय दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जिल्लामा बेरोजगारले बढीमा २० देखि २५ दिनसम्मको रोजगारी पाएका छन् । खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मतसहित क्वारेन्टिन निर्माणसम्ममा बेरोजगारलाई रोजगारी दिइएको छ ।
स्थानीय तहले छनोट गरेका बेरोजगारमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक वर्षमा जिल्लाभरमा दुई हजार ४ सय १३ र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार २ सय ६७ गरी कूल चार हजार ६ सय ८० जनाले काम पाएका हुन् । मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४ सय ५० र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ सय ८३, चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ सय ३ र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ सय ८७ तथा आठबीसकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३ सय र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ सय बढीले रोजगारी पाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
- जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क
- पाँच महिनासम्म शून्य वैदेशिक अनुदान
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया