खोटाङमा ३ हजार ४ सय ४२ क्वीन्टल चामल बिक्री
महेन्द्र शाही
खोटाङ, साउन २७
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खोटाङले गत आर्थिक वर्षमा तीन हजार चार सय ४२ क्वीन्टल ६९ किलो चामल बिक्री गरेको छ । जिल्लाका ३ वटा डिपो र १ शाखा कार्यालयबाट उक्त चामल बिक्री भएको हो । कम्पनीले दिक्तेलमा रहेको शाखा कार्यालयबाट गत वर्ष एक हजार दुई सय २३ क्वीन्टल १० किलो चामल बिक्री भएको लिमिटेडका खोटाङ प्रमुख सुनिलकुमार साहले जानकारी दिए । साहका अनुसार जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा रहेको डिपोबाट एक हजार २० क्वीन्टल ४९ किलो, खोटेहाङ गाउँपालिकामा रहेको डिपोबाट चार सय ८८ क्वीन्टल ७० किलो र बाक्सीला डिपोबाट सात सय १० क्वीन्टल ४० किलो चामल बिक्री भएको छ ।
अघिल्लो वर्षको मौजात सात सय ७४ क्वीन्टल ६० किलो र गत वर्षको तीन हजार छ सय ७३ क्वीन्टल ८० किलो चामल गरी कुल ४४ हजार ८० क्वीन्टल ४० किलोमध्ये एक हजार पाँच सय क्वीन्टल ७१ किलो चामल मौजात रहेको प्रमुख साहको भनाइ छ । जिल्लाका सबै डिपो र शाखाका लागि ५/५ सय क्वीन्टल चामलको कोटा निर्धारण भए पनि कोरोनाका कारण ऐसेलुखर्क र बाक्सीला डिपोमा पाँच सय तथा शाखा कार्यालय दिक्तेलमा सात सय क्वीन्टल थप भएर आएको थियो । खोटेहाङ डिपोका लागि भने कोटा थप नगरिएको साहको भनाइ छ ।
गत आर्थिक वर्षमा जिल्लाभर एक करोड बढीको चामल बिक्री गरिएको छ । एक आर्थिक वर्षमा लिमिटेडले एक करोड ५३ लाख ९५ हजार एक सय पाँच रूपैयाँको चामल बिक्री गरेको हो । लिमिटेडको ऐसेलुखर्क डिपोबाट सबैभन्दा बढी ६६ लाख ५३ हजार दुई सय ५० रुपैयाँको चामल बिक्री गरेको छ । साहका अनुसार शाखा कार्यालय दिक्तेलबाट ५६ लाख १८ हजार दुई सय ६८ रुपैयाँको चामल बिक्री भएको छ । त्यस्तै बाक्सीला डिपोबाट ३१ लाख २३ हजार पाँच सय ६० रूपैयाँ र खोटेहाङ डिपोबाट २१ लाख २८ हजार आठ सय ६० रुपैयाँको चामल बिक्री भएको प्रमुख साहको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया