सिद्धार्थ बैंकले कमायो दुुई अर्ब नौ करोड
काठमाडौं, साउन २७
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुुई अर्ब नौ करोड २७ लाख ७० हजार सात सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २५ करोड ७६ लाख ८८ हजार तीन सय २३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ४२ रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार पाँच सय ४३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब ४४ करोड ८० लाख ८९ हजार सात सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ५८ करोड ७९ लाख नौ हजार आठ सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५६ प्रतिशत रहेको छ । यसअवधिमा स्प्रेड दर चार दशमलव ३३ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार सात सय ७५ रुपैयाँ मात्र रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब १४ अर्ब ९२ करोड ३३ लाख ६७ हजार पाँच सय ३४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ८७ करोड ६२ लाख ९९ हजार नौ सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ६६ करोड ७३ लाख २७ हजार सात सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया