जीडीपी वृद्धिदर घटेको रिपोर्टपछि मोदीले छलफल थाले
नयाँ दिल्ली, पुस ८
घट्दो आर्थिक वृद्धिदरका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक वृद्धिदर र लगानीबारे छलफल सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री मोदीको अध्यक्षतामा लगानी तथा वृद्धिसम्बन्धी नगगठित समितिको पहिलो बैठक बसेको हो । भारतीय मिडियाहरुका अनुसार सुस्ताएको अर्थ व्यवस्थालाई ट्र्याकमा ल्याउन भारतीय सरकारले खर्च बढाउने तयारी गरिरहँदा समितिको बैठक बसेको हो । मन्त्रीमण्डलको लगानी तथा वृद्धिसम्बन्धी समिति (सीसीआईजी) गत जुनमा गठन भएको थियो । भाजपा गत मेदेखि सत्तामा आएयता उक्त समिति गठन गरिएको थियो ।
बैठकले लगानी तथा आर्थिक वृद्धिदरलाई लिएर धेरै निर्णयहरु गरेको बताइएको छ । समितिमा भारतीय प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमित शाह, यातायातमन्त्री नितिन गडकरी, वित्तमन्त्री निर्मला सीतारमण र वाणिज्य तथा रेलमन्त्री पीयूष गोयल रहेका छन् । चालू आर्थिक वर्षको जुलाई–सेप्टेम्बर त्रैमासिकमा भारतको जीडीपी वृद्धिदर ४.५ प्रतिशत रहेको थियो । उक्त वृद्धिदर छ वर्षयताकै न्यून हो । लगानी र निर्यात घटेसँगै भारतको अर्थतन्त्र सुस्ताउँदै गएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया