वायुसेवा कम्पनीले सरकारी मान्यताको पीसीआर रिपोर्ट देखाउनुपर्ने
काठमाडौं, भदौ १२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परीक्षणलाई मात्रै मान्यता दिने भएको छ ।
मन्त्रालयले बिहीबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाई एउटै मात्र कोभिड–१९ पीसीआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने र त्यसलाई मात्र मान्यता दिने गरेको उजुरी मन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
कुनै पनि वायुसेवा कम्पनीले यस विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबै वायुसेवाहरुलाई जानकारी गर्न/गराउन मन्त्रालयको निर्णयअनुरुप प्राधिकरणलाई लिखित निर्देशन दिइएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । वायुसेवा कम्पनीले सरकारले तोकेको कुनै पनि सरकारी स्वास्थ्य प्रतिष्ठान र अस्पताल, निजी स्वास्थ्य प्रतिष्ठान, अस्पताल र स्वास्थ्य संस्थाहरुबाट गरिएको परीक्षणको मान्यता दिने गरी वायुसेवाहरुलाई निर्देशन गर्न प्राधिकरणलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम पर्यटन मन्त्रालयले नेपाली तथा विदेशी एयरलाइन्सको एक महिनाको उडानतालिका पनि सार्वजनिक गरिसकेको छ । विदेशबाट दैनिक पाँच सय यात्रु नबढ्ने गरी यात्रु नेपाल ल्याउन अनुमति दिइएको छ । यसरी आउने यात्रुले पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ । पीसीआर नगरेकाले उनीहरुकै होटल क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बागमती प्रदेश: मन्त्रिपरिष बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत
- बागलुङ–गुल्मी खण्ड सुक्खा पहिरोका कारण अवरुद्ध
- बुकीमै बसेर यार्सागुम्बाको खोजी
- सन्दर्भ गणतन्त्र दिवस: विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित : डा. राउत
- सातदोबाटो चोकमा सवारी दुर्घटना, महिलाको मृत्यु
- सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
- ‘लहान एक्पो २०८०’मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया