Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललकडाउन र निषेधाज्ञाका कारण बुुटिकहरु मारमा

लकडाउन र निषेधाज्ञाका कारण बुुटिकहरु मारमा


काठमाडौं, भदौ २६
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको लागि भन्दै सरकारले २०७६ चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउनको घोषणा ग-यो । हाल लकडाउनको अन्त्य भएको घोषणा गरिए पनि निषेधाज्ञाको नाउँमा ४२ भन्दा बढी जिल्लाहरुमा सबै किसिमका आर्थिक गतिविधिहरु ठप्प रहेका छन् । यसको असर सबै क्षेत्रमा परेको छ । असर त असर नै हो, कसैलाई कम, कसैलाई बढी नहोला, काठमाडौंको माछापोखरीमा बुटिक व्यवसायी सञ्चालन गर्दै आएकी इन्ता श्रेष्ठ बताउँछिन् ।

‘मैले बुटिक सञ्चालन गरेको झण्डै एक वर्ष भयो, सुरुमा बुुटिक राम्रै चलेको थियो । व्यवसायले पिकअप लिँदै थियो । तर यहीबीचमा कोरोना भाइरस आयो । यसले व्यवसाय चौपट बनायो । फेसन उद्योगलाई ठप्प बनायो । म त एउटा प्रतिनिधि पात्र हो, कोभिड १९ कै कारण मेरोजस्तै धेरैवटा बुटिकहरु समस्यामा परेका छन्’, उनले भनिन् ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भन्दै लकडाउन ग-यो । यसको विकल्पको रुपमा कुनै पनि किसिमको आर्थिक वा सहुलियतका प्याकेज दिएन, जसका कारण व्यवसायीहरु मारमा परेको उनको भनाइ छ । ‘मासिक घरभाडा, बिजुली अन्य कुनै पनि शुल्कमा छुट पाएनौँ । व्यवसाय चौपट भयो’, उनले भनिन् ।

अहिले काठमाडौंमा सानो एउटा टेलर राख्नेहरु पनि आफ्नो पसललाई बुटिक भन्छन् । तर यो होइन बुुटिक हुनको लागि न्यूनतम मापदण्ड पूरा गर्नुुप-यो । पढेर आउनुप-यो, सिकेर आउनुुप-यो । ‘मलाई लाग्छ, काठमाडौं उपत्यकामा मापदण्ड पूरा गरेका झण्डै दुई सयवटा बुटिकहरु होलान् । कोभिड १९ का कारण अहिले ती सबै समस्यामा छन्’, उनले भनिन्, ‘लकडाउन र निषेधाज्ञाका कारण धेरै कर्मचारीरु अहिले घर गएको भए पनि बिजुली, सटर भाडा त तिर्नुप-यो ।’ यही कारण अहिले धेरै बुुटिक व्यवसायीहरु पलायन हुुने खतरा बढ्दै गएको छ । यसलाई राज्यले रोक्नुपर्ने तथा उचित आर्थिक सहुुलियतको प्याकेज दिनुुपर्ने उनको भनाइ छ। यो क्षेत्र पनि अन्य क्षेत्रजस्तै धेरैको रोजीरोटीसँग जोडिएको छ, यो क्षेत्र धराशायी हुुन नहुने उनले बताइन् ।

अर्कोतर्फ बुटिकको कपडा भन्दैमा महंगो हुुँदैन, यो भ्रम त्याग्न पनि श्रेष्ठ सबैलाई आग्रह गरिन् । ‘जहाँसम्म मेरो इन्ता अटाएर बुुटिकको कुरा छ, हामी गुणस्तरमा प्रतिवद्ध रहेका छौ । हामीकहाँ सबै किसिमका ग्राहकलाई उपयुक्त हुुने सामानहरु रहेका छन्’, उनले भनिन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया