बेँसीसहर खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा
लमजुङ ।
लमजुङ जिल्लाको बेँसीसहर बजार क्षेत्रलाई लक्षित गरी निर्माण कार्य अघि बढाइएको खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको जनाएको छ । आयोजनाको इन्जिनियर आशिष शर्माले बेँसीसहर सहलगानी खानेपानी आयोजनाको काम अबको एक महिनाभित्र पूर्णरूपमा सम्पन्न हुने बताए ।
भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेँसीसहर बजारसम्म पाइपलाइनमार्फत वितरण गर्ने योजनाअनुसार उक्त आयोजनाको काम सुरु गरिएको हो । ‘आयोजनाका मुख्य–मुख्य कामहरू सबै सकिएको छ’, इन्जिनियर शर्माले भने– ‘बजारक्षेत्रमा पाइप लाइन बिछ्याउँदा बिग्रिएको बाटो कालोपत्रे हुने कार्य भइरहेको छ । पानीट्यांकी र ट्रिटमेन्ट प्लान्टको निर्माण यसअघि नै सकिसकेको छ ।’ यस आयोजनाबाट २७ सय घरधुरीमा २४सै घण्टा खानेपानी वितरण गर्ने तयारी भइरहेको उनले बताए ।
उक्त आयोजनाअन्तर्गत पाँच लाख लिटर, तीन लाख लिटर र एक लाख लिटर क्षमताका तीनवटा पानीट्यांकीको निर्माण सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । बेँसीसहर नगर क्षेत्रभित्र बसोबास गर्ने करिब ४० हजार जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका आयोजना प्रमुख देवेन्द्र झाले बताए । बेँसीसहर नगरपालिका वडा नम्बर ७, ८, ९ र १० का जनतालाई खानेपानी पु¥याउने योजनासहित तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजना प्रमुख झाले जानकारी दिए ।
झाले खानेपानी मन्त्री बिना मगरबाट आयोजनाको उद्घाटन गर्ने योजना रहेको बताए । यो आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भइसकेको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि बेँसीसहरवासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने उपभोक्ता समितिको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
- जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब १० अर्ब बीमाशुल्क
- पाँच महिनासम्म शून्य वैदेशिक अनुदान
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया