Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लापछि अर्को अमेरिकी कम्पनी पनि भारत आउँदै

टेस्लापछि अर्को अमेरिकी कम्पनी पनि भारत आउँदै


नयाँ दिल्ली ।
भारतमा यो वर्ष धेरै अटोमोबाइल कम्पनीको प्रवेश हुने भएको छ । अमेरिका तथा फ्रान्सका कम्पनीहरु भारतीय बजारमा प्रवेश गर्ने भएका हुन् । चर्चित कम्पनी टेस्लाले त भारतको बेंग्लोरमा कम्पनी नै दर्ता गरिसकेको छ । त्यसपछि अर्को अमेरिकी कम्पनी ट्राइटन पनि भारत आउने भएको होा । उसले आफ्नो विद्युतीय कार ‘इलेक्ट्रिक सेडान एन४’ यही वर्ष भारतमा सार्वजनिक गर्नलागेको बताइएको छ ।

ट्राइटनको यो कारमा शक्तिशाली ब्याट्री लगाइएको छ जसको रेन्ज ५ सयदेखि ७ सय किमिको बीच रहनेछ । ट्राइटनले भारतमा कार ल्याउनेमात्र नभई व्यवसाय विस्तारको समेत योजना बनाएको छ । यसका लागि उसले भारत इलेक्ट्रोनिक्स लिमिटेड (बीईएल)सँग कुरा गरिरहेको छ ।

ट्राइटन एन४ ईभीको मूल्य ३५ लाख भारु सुरुवाती मूल्य हुनेछ । यो कार एन४, एन४–एस, एन४–आर र सीमित संस्करणको एन४ जीटीजस्ता भेरिएन्ट सार्वजनिक गर्नेछ । ट्राइटनको ब्याट्री ७५ केडब्ल्यूएचसम्मको हुने बताइएको छ । एकपटक चार्ज गरेपछि यो कार ५२३ किमिदेखि ६९३ किमिसम्म गुड्नेछ । भारतमा यिनका अतिरिक्त यही वर्ष मारुती सुजुकी, हुन्डाई, टाटा मोटर्सलगायतका कम्पनीले पनि नयाँ विद्युतीय कार सार्वजनिक गर्दै छन् । यसले विद्युतीय कारको बजार भारतमा विस्तार हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया