फाप्लु विमानस्थलबाट चार लाख किलोभन्दा बढी कार्गो ढुवानी
सोलुखुम्बु ।
सोलुखुम्बुको जिल्ला सदरमुकामा रहेको फाप्लु विमानस्थलबाट चालू आर्थिक वर्षको पहिलो ५ महिनामा चार लाख किलोभन्दा बाढी कार्गो सामग्री ढुवानी भएको छ । सो सामान जिल्लाका माथिल्लो क्षेत्र लुक्लामा ढुवानी गरिएको छ । साउन १ गतेदेखि मंसिर मसान्तसम्म फाप्लुबाट चार लाख ८१ हजार चार सय २६ किलो कार्गो लुक्ला ढुवानी गरिएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ ।
फाप्लु विमानस्थल कार्यालयका प्रमुख प्रकाश शर्माका अनुसार उक्त सामग्रीहरू तारा र समिट एयरको जहाजमार्फत ढुवानी गरिएको हो । ढुवानी गरिएका सामग्रीहरूमा अधिकाशं काठ रहेका छन् भने केही मात्रामा निर्माण सामग्रीका साथै केही खाद्यन्न सामग्रीसमेत रहेको बताइएको छ ।
विमानस्थल कार्यालयका अनुसार सबैभन्दा भदौ महिनामा एक लाख ४० हजार छ सय २० किलो ढुवानी भएको छ । यस्तै असोज महिनामा एक लाख ३४ हजार छ सय ६२ किलो, साउनमा एक लाख २८ हजार ८२ किलो, कात्तिक महिनामा ४७ हजार दुई सय १५ र मंसिरमा २७ हजार एक सय ६५ किलो कार्गो ढुवानी भएको कार्यलयले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया