डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ
कोपेनहेगन ।
कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए । ‘प्रदर्शनमा सुरुमा झण्डै ६०० सयहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए’, एक प्रहरीले भने ।
शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीमध्ये पक्राउ परेका आठ जनाले हिंसात्मक र तोडफोड तथा आगजनी जस्ता व्यवहार गरेको प्रहरीले जनाएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन रहेको छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै रहेको छ । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया