म्यान्मारमा सेनाको दमन
बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघले चासो देखायो
न्यापित ।
म्यान्मारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिएका छन् । योबीचमा एक हजार सात सयभन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । एएफपीका अनुसार बुधबार र बिहीबार मात्र सेनाको गोली लागि दर्जनौँ प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेकी छिन् ।
म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिनपछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनर्बहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ ।
संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिशेल बचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्नू आग्रह गरेकी हुन् । ‘म्यान्मारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नुपर्छ’, उनले भनिन्, ‘यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूविरूद्ध सिधै गोली चलाइरहेका छन् । यो मानवअधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ ।’
वाचलेटले थपिन्, ‘घाइतेलाई उद्धार गर्न पुगेका आपत्कालीन स्वास्थ्य कर्मचारी र एम्बुलेन्सविरूद्ध पनि आक्रमण हुनु घोर आपत्तिजनक कार्य हो ।’ संयुक्त राष्ट्रसंघीय अधिकार मामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तीमा ५४ व्यक्तिलाई ‘सुरक्षा कारबाही’का क्रममा मारेको पुष्टि गरेको छ ।
वास्तविक मृत्यु हुने संख्या धेरै बढी हुनसक्ने पनि उक्त कार्यालयले बताएको छ । म्यान्मारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार सात सयभन्दा बढीलाई पक्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यान्मारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
- चीनमा साढे २९ करोड आन्तरिक पर्यटकले तय गरे यात्रा
- मोरु डिजिटल वालेट फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया