माइक्रोसफ्टको कमजोरीले २० हजार अमेरिकी संस्थामा ह्याकरको पहुँच
अमेरिका ।
२० हजारभन्दा धेरै अमेरिकी संस्थाहरुमा ह्याकरले पहुँच पाएको खुलासा भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार माइक्रोसफ्ट कर्पको इमेल सफ्टवेयरमा भएको कमजोरीका कारण ह्याकरले पहुँच पाएको शुक्रबार एक अमेरिकी सरकारी अधिकारीले बताएका छन् ।
सोलारविन्ड्स कर्पबाट डाउनलोड भएको कोडसँग सम्बन्धितभन्दा धेरै स्थानहरुमा ह्याकरको पहुँच पुगेको बताइएको छ । गत डिसेम्बरमा यो कुरा पत्ता लागेको थियो । क्रेडिट युनियन, टाउन गभर्नमेन्ट र साना व्यवसायहरुबीच भएको पछिल्लो ह्याकिङको घटनाले धेरै माध्यम ह्याकरको लागि खुल्ला भएको बताइएको छ ।
यसबारे अमेरिकी सरकारले अनुसन्धान गर्दा यस्तो तथ्य बाहिरिएको हो । ह्याकिङबाट दशौँ हजार एसिया र युरोपका संस्थाहरु पनि प्रभावित भएको बताइएको छ । मंगलबार माइक्रोसफ्टले आकस्मिक प्याचहरु जारी गरे पनि ह्याकिङ नरोकिएको बताइएको छ । तर माइक्रोसफ्टले यसअघि सीमित र लक्षित आक्रमणमात्रै भएको दाबी गरेको थियो । पछिल्लो खुलासाबारे कम्पनीले कुनै प्रतिक्रिया दिइसकेको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया