चिनियाँ स्मार्टफोन निर्माता शाओमीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेनले हटाउने
वासिङटन ।
अमेरिकाले चिनियाँ स्मार्टफोन निर्माता शाओमीलाई कालोसूचीबाट हटाउने भएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगाएको प्रतिबन्ध हटाउन जो बाइडेन प्रशासन सहमत भएको सीएनएनले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय र साओमीबीच प्रतिबन्ध फुकुवाको लागि मंगलबार सम्झौता भएको अदालतमा दायर गरिएको निवेदनमा भनिएको छ । शाओमी विश्वकै तेस्रो ठूलो स्मार्टफोन उत्पादक हो ।
राष्ट्रपति बाइडेनले गत जनवरीमा कार्यभार सम्हाल्ने अघिल्लो दिन रक्षा मन्त्रालयले शाओमीलाई कालोसूचीमा राखेको थियो । चिनियाँ सेनासँग साँठगाँठ रहेको आरोपमा कम्पनीलाई कालोसूचीमा राखिएको थियो । योसँगै अमेरिकामा कम्पनीको लगानीमाथि समेत प्रतिबन्ध लागेको थियो । तर उक्त प्रतिबन्ध लागू हुनुअगावै अमेरिकी अदालतले सरकारले चीन सेनाको नियन्त्रणमा वा स्वामित्वमा कम्पनी रहेको पर्याप्त आधार र प्रमाण दिन नसकेको भन्दै फुकुवा गरिदिएको हो । सोसँगै मंगलबार सम्झौता भएको हो । दुई पक्षबीच अब थप विवाद अघि नबढाउने सहमति भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया