Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्विटरको भारतीय कार्यालयमा प्रहरी पुग्यो

ट्विटरको भारतीय कार्यालयमा प्रहरी पुग्यो


नयाँ दिल्ली ।
भारतीय प्रहरीले भारतमा रहेको ट्विटरको कार्यालयमा छापा मारेको छ । बीबीसीका अनुसार चर्चित सामाजिक सञ्जाल कम्पनी ट्विटरले भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता सम्वित पत्रको एउटा ट्विटलाई ‘म्यानिपुलेटेट मिडिया’को चिनारी दिएपछि प्रहरी कार्यालयमा पुगेको हो ।

पछिल्लो समय भारतीय सरकार र ट्विटरबीच वैमनश्यपूर्ण सम्बन्ध रहँदै आएको छ । गत अप्रिलमा भारत सरकारले ट्विटरलाई कोरोना महामारीविरुद्ध गरेका कामको आलोचना गर्ने ट्विटहरु हटाउन आदेश दिएको थियो । यो वर्षको सुरुतिर ट्विटरले पनि सरकारी अधिकारीको आग्रहमा ब्लक गरिएका धेरै एकाउन्ट फेरि खोलिदिएको थियो । ती एकाउन्टहरु किसान आन्दोलनसँग सम्बन्धित थिए । सरकारी निर्देशन नमाने ट्विटरका भारतीय कर्मचारीलाई जेल हाल्ने चेतावनी नै दिइएको थियो ।

पछिल्लो घटना भने बीजेपी नेताले धेरैजसो डकुमेन्टका स्क्रिनशटहरु पोस्ट गर्दै ती सबै मुख्य प्रतिपक्षी दल कंग्रेसले बनाएको बताएका थिए । खासगरी सरकारले महामारीविरुद्ध कामै गर्न नसकेको देखाउन ती डकुमेन्ट बनाइएको उनको आरोप थियो ।

तर कंग्रेसले भने ती सबै डकुमेन्ट झूठो भएको बताएपछि ट्विटरले त्यसलाई बढाइचढाइ गरिएको चिनारी दिएको थियो । रोयटर्सका अनुसार दिल्ली प्रहरीले सोमबार उजुरी आएको बताएको थियो । त्यसपछि ट्विटरको कार्यालयमा प्रहरी अनुसन्धानको सिलसिलामा पुगेको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया