बेल्स । युरोपेली विमान निर्माता कम्पनी एयरबसले विमान उत्पादनलाई तीव्रता दिने भएको छ । कम्पनीका अनुसार सन् २०२५ सम्ममा कोरोना महामारीअघिकै स्तरमा विमान किनबेच हुने आकलन छ ।विश्वकै ठूलो विमान निर्माता एयरबसले ए३२०निओ विमान उत्पादन १० प्रतिशतले बढाउने जनाएको छ । यो दरमा उत्पादन बढे अहिले ४० विमान प्रतिमहिना उत्पादन गरिरहेको कम्पनीले यो वर्षको अन्त्यसम्म ४५ वटामा पु¥याउनेछ । बेलायतमा विमानका पखेटा उत्पादन गरिरहेको एयरबसले सन् २०२३ को दोस्रो त्रैमासिकसम्ममा प्रतिमहिना ६४ वटा विमान उत्पादन गर्ने नयाँ लक्ष्य प्रस्तुत गरेको छ ।
‘उड्डयन क्षेत्र कोरोना संकटबाट विस्तारै तंग्रिँदै छ’, कम्पनीका प्रमुख कार्यकारी गुइलाम फारीले भने । विमान सेवा प्रदायकहरुलाई वित्तीय दबाब थेग्न गाह्रो परिरहेका बेला विमान उत्पादकले यस्तो कदम चालेको हो ।अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध र कडाइ हुँदा विश्वमा नगन्यमात्रामा उडान भइरहेका छन् । यसका बाबजुद एयरबसले भने उत्पादन अघि बढाउने जनाएको हो । कम्पनीले २०२३ देखि २०२५ सम्ममा व्यावसायिक विमान बजार तंग्रिसक्ने आशा गरेको छ । खासगरी दुई सयदेखि साढे दुई सयसम्म यात्रु बोक्ने सिंगल आइसल एयरक्राफ्टको बजार महामारीअघिको अवस्थामा फर्किने कम्पनीको आकलन छ । यी विमानहरुले छोटो दूरीमा सेवा दिन्छन् ।
त्यस्तै कम्पनीले आफ्नो ए३५० श्रेणीका विमानहरु पनि सन् २०२२ को अटमसम्ममा प्रतिमहिना पाँचबाट छवटा उत्पादन गर्ने लक्ष्य बनाएको छ । त्यसबाहेक अर्को पाँच वर्षमा कम्पनीले हरेक महिनामा ए२२० एयरलाइनर विमान १४ वटा उत्पादन गर्ने जनाएको छ । अहिले यी विमानहरु महिनामा पाँचवटाको दरमा उत्पादन हुन्छन् । अर्को वर्ष यसलाई छवटामा पु¥याइने कम्पनीले जनाएको छ । तर ए३३० को उत्पादन भने प्रतिमहिना औसत दुईवटामै सीमित राख्ने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
- मोरङ उद्योग व्यापार संघमा सबै सदस्य निर्विरोध
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया