बेलायत र अस्ट्रेलियाबीच स्वतन्त्र व्यापार सम्झौता
क्यनवबेरा ।
बेलायत र अस्ट्रेलियाले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । वस्तु आयात शुल्क नलाग्ने र कतिपय आयातसम्बन्धी नियम उन्मूलन गर्ने सम्झौताको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ बिहानीको सुरुवात भन्दै मुक्तकण्ठले प्रशंसा गरेको रोयटर्सले जनाएको छ ।
बेलायत सरकारले युरोपेली संघबाट बेलायतको बहिर्गमनपछिका लागि उक्त सम्झौता निकै महत्वपूर्ण रहेको बताएको छ । यसबाट व्यापार र कूटनैतिक रणनीति बनाउन तथा युरोपबाट आर्थिक केन्द्रलाई अन्यत्र लैजान मद्दत पुग्ने बताइएको छ ।
बेलायतले युरोप छोडेर इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ अवसर खोज्न यो सम्झौता महत्वपूर्ण रहेको बतााएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जोनसन दुवै जी–७ राष्ट्रको बेलायतमा भएको सम्मेलनमा छलफलपछि सम्झौता सम्पन्न भएको हो । जहाँ मोरिसन पनि अतिथिका रुपमा सहभागी थिए ।
बेलायत अस्ट्रेलियाको आठौँ ठूलो व्यापार साझेदार हो भने अस्ट्रेलिया बेलायतको २०औँ ठूलो व्यापार साझेदार हो । दुवै देशबीच २० अर्ब ७० करोड अमेरिकी डलरको दुईतर्फी व्यापार हुने गरेको छ । सन् १९७३ मा बेलायतले युरोपेली संघमा आबद्ध हुनुअघि बेलायत अस्ट्रेलियाको बजारमा हालीमुहाली गथ्र्यो । अहिले भएको सम्झौताबारे विस्तृतमा खुलाइएको छैन । केही सरकारी अधिकारीले यो सम्झौताले बेलायती अर्थतन्त्रमा ५० करोड पाउन्ड स्टर्लिङ थप हुने दाबी गरेका छन् ।
बेलायतको अर्थतन्त्र २० खर्ब पाउन्डबराबरको छ । दशकयता बेलायतले पहिलोपटक व्यापार नीति बनाउन लागेको हो । यो सम्झौताले सबै बेलायती सामानको भन्सार शुल्क हटाउनेछ भने सेवाप्रदायक र प्रविधि कम्पनीलाई नयाँ अवसर समेत सिर्जना गर्ने बताइएको छ । यो सम्झौतालाई लिएर किसानहरु भने चिन्तित बनेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया