Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाको प्रतिस्पर्धी लि अटो हङकङको सेयरबजारमा सूचीकृत हुने

टेस्लाको प्रतिस्पर्धी लि अटो हङकङको सेयरबजारमा सूचीकृत हुने


बेइजिड. । चिनियाँ विद्युतीय कार उत्पादक लि अटो हङकङको सेयर बजारमा सूचीकृत हुने भएको छ । बीबीसीका अनुसार कम्पनीले बजारमा सेकेन्डरी लिस्टिङबाट एक अर्ब ९० करोड डलर उठाउने लक्ष्य राखेको छ ।

यो कम्पनी न्युयोर्कको नास्डाक स्टक मार्केटमा यसअघि नै सूचीकृत भइसकेको छ । लि अटो बितेका महिनाहरूमा गृहदेशमा सूचीकृत हुने पछिल्लो कम्पनी हो । अमेरिका र चीन दुवैले कम्पनीहरूमाथि निगरानी बढाइरहँदा लि अटोले सूचीकृत हुने निर्णय गरेको हो । यो स्टार्टअप कम्पनी भर्खर छ वर्षको भएको छ । कम्पनीले हङकङमा सूचीकृत भएर अधिकतम प्रतिकित्ता मूल्य १५० हङकङ डलरसम्म पर्ने गरी १० करोड कित्ता आईपीओ जारी गर्न सक्नेछ ।

लि जियाङ नामले समेत चिनिने कम्पनीले एक करोड कित्ता सेयर हङकङका लगानीकर्तालाई दिने तयारी गरेको छ । सेयर मूल्य भने यही हप्ताको अन्त्यतिर सार्वजनिक हुन सक्ने अपेक्षा छ । बेइजिङमा कार्यालय रहेको कम्पनीले एक वर्षअघि नास्डाकमा सूचीकृत भएर एक अर्ब १० करोड अमेरिकी डलर संकलन गरेको थियो । आइतबार कम्पनीले जुलाईमा लि वान ब्रान्डका आठ हजार पाँच सय ८९ सवारीसाधन डेलिभरी गरेको जनाएको छ ।

लि वान कम्पनीको बजार पुगेको एउटै मात्र मोडल हो । यो गाडी प्लग इन हाइब्रिड रहेको छ । यसमा ब्याट्री चार्ज गर्ने इन्धन ट्यांक पनि छ । यसले पेट्रोल इन्जिनले सिधै कारका पांग्रा नहाँके पनि रेन्ज बढाउन सक्छ । महामारीबाट उठ्दै गर्दा बिक्री ह्वात्तै बढे पनि चिप अभावले अत्याएको बताइएको छ । कति कम्पनीले त गाडी उत्पादन नै कटौती गर्नुपरेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया