Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल१ हजार ९ सय ६ जनालाई मास्क वितरण

१ हजार ९ सय ६ जनालाई मास्क वितरण


काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा एक हजार नौ सय छ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख २४ हजार चार सय २२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने नौ जनालाई नौ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ४९ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत चार हजार छ सय ९५ जनालाई सचेत गराइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया