Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रिमियर स्कुलद्वारा आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान

प्रिमियर स्कुलद्वारा आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान


काठमाडौं । शिक्षा ऐनमा गरिएको व्यवस्थाअनुसार वि.सं. २०७७ सालमा विशिष्ट श्रेणी प्राप्त गर्न सफल प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुल सातदोबाटो खुमलटारले विद्यालय साझेदारी शीर्षकअन्तर्गत ललितपुर महानगरपालिकाका आधारभूत विद्यालयहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त थापाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा विद्यालय साझेदारी शीर्षकअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत नवराज रिजालले विशिष्ट श्रेणी कायम गरिएका विद्यालयद्वारा सामुदायिक विद्यालयसँग सहकार्य गरी बालकेन्द्रित अभ्याससम्बन्धी क्षमता विकास गर्नका लागि आवश्यक शिक्षक तालिम, शैक्षिक सामग्री तथा अन्य शैक्षिक क्रियाकलापले शैक्षिक गुणस्तर वृद्धि गर्नमा महत्वपूर्ण सहयोग पु-याउने उल्लेख गरे ।

कार्यक्रममा ललितपुर प्याब्सनका अध्यक्ष निरोज महर्जनले निजीस्तर र सामुदायिक स्तरका विद्यालयबीचमा सहकार्य हुनुपर्ने र यस्ता कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्ने कुरामा जोड दिए । उक्त कार्यक्रममा प्रदान गरिएका शैक्षिक सामग्रीहरुले आधारभूत विद्यालयलाई प्रविधिमैत्री बनाउन सुरुवात गर्ने र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई सुधार गर्दै बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा महानगरपालिकाले राखेको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले बताए ।

कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले शैक्षिक राजधानीका रुपमा स्थापित रहेको ललितपुर महानगरपालिकाभित्रका विद्यालयले सञ्चालन गर्ने यस्ता किसिमका गतिविधिले महानगरपालिकाको शिर उच्च बनाएको बताए । प्रिमियर स्कुल छिर्दा अन्तर्राष्ट्रियस्तरको झझल्को दिने विद्यालयका रुपमा पाउँदा आफूलाई अत्यन्तै हर्षित भएको उनको भनाइ थियो । ललितपुर जिल्लाका आधारभूत विद्यालयहरु चोइना विना गुरुगणेश लोहाचोक, बाखेल कुमारी फर्सीडोल, ललितकल्याण केन्द्र भोलढोका, चुनिदेवी शिक्षा मन्दिर चुनिखेल, मिननाथ आदर्श शिक्षा सदन टंगाल, बालकुमारी सैंबु, सचेतना धोबीघाट र मोतिविनायक ढोलाहिटीलार्ई एक एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरिएको थियो । कार्यक्रमका सभापति वसन्त थापाले यो कार्यक्रम सुरुवात मात्र भएको र आगामी दिनमा अझ थप कार्यक्रमहरु विद्यालयले ल्याउँदै जाने प्रतिबद्धता जनाए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया