सोलु करिडोरको प्रसारणलाइन सोमबारबाट सञ्चालनमा आउने
सोलुखुम्बु । बहुप्रतीक्षित सोलु कोरिडोर १३२ केभी वप्रसारणलाइन सोमबारबाट सञ्चालनमा आउने भएको छ । परीक्षण प्रसारणको क्रममा कुनै अवरोध नभएकाले फागुन २ गते सोमबारबाट सञ्चालन गर्ने तयारी भइरहेको आयोजना प्रमुख जर्नादन गौतमले जानकारी दिए ।
उनका अनुसार वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो चार वर्षमा बढेका रुखबिरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगाबिँगा कटान गरेरै भए पनि वप्रसारणलाइन सञ्चालनमा ल्याउने तयारी गरिएको हो । जसका लागि अहिले रुखबिरुवाको हाँगा कटान गर्ने कार्य भइरहेको छ । आयोजनाको काम करिब एक महिनाअघि नै सम्पन्न भए पनि रुट क्षेत्रमा रुखबिरुवाको संख्या बढेपछि पुनः कटानको स्वीकृति लिने प्रक्रिया अघि बढाउँदा समय लागेको आयोजनाले जनाएको छ । प्राधिकरणले वन क्षेत्रको रुटमा हुर्किएका र थपिएका रुख कटानका लागि गरेको प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ ।
वन क्षेत्रमा हुर्किएका र बढेका तीन सय ६४ रुखबिरुवा कटानका लागि प्रस्ताव पेस गरेको छ । सन् २०१६ को सेप्टेम्बर २५ बाट यो वप्रसारणलाइनको निर्माण सुरु गरेको थियो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर वप्रसारणलाइन निर्माण गरिएको छ । वप्रसारणलाइनको रुटमा तीन सय दुर्ईवटा टावर निर्माण भएका छन् । आयोजनाले यसअघि तिङ्लादेखि उदयपुरको घुर्मीसम्मको ४२ किलोमिटर खण्डको परीक्षण गरेको थियो । उक्त परीक्षण सफल भएपछि आइतबार बाँकी खण्ड उदयपुरदेखि सिराह सम्मको क्षेत्रमा परीक्षण गरिने जनाइएको छ ।
प्रसारणलाइन सञ्चालनमा आउनासाथ २३ दशलमव ५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत् प्रवाह हुनेछ । विसं २०७६ चैतदेखि सञ्चालनमा आएको आयोजना वप्रसारणलाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत् खेर गइरहेको थियो । सोही वप्रसारणलाइनमा प्रवाह हुनेगरी निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोशी, १९ दशलमव ८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको बेनीलगायत आयोजनाको काम भइरहेकोे छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया