Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘७४ प्रतिशत साइबर आक्रमणबाट आर्जित आम्दानी रुसी ह्याकरको हातमा’

‘७४ प्रतिशत साइबर आक्रमणबाट आर्जित आम्दानी रुसी ह्याकरको हातमा’


ब्रसेल्स । एक नयाँ विश्लेषणअनुसार -यान्समवेयर आक्रमणबाट सन् २०२१ मा लुटिएको आम्दानीमध्ये ७४ प्रतिशत रुसी ह्याकरले लगेको पाइएको छ । रिसर्चरहरुका अनुसार ४० करोड अमेरिकी डलरबराबरको क्रिप्टोकरेन्सी भुक्तानी रुससँग सम्बन्धित ह्याकरले लगेका हुन् ।

तर रुसले भने साइबर अपराधीलाई आफूले संरक्षण नदिएको भन्दै यो आरोपको खण्डन गरेको बीबीसीले जनाएको छ । रिसर्चरहरुले ठूलो परिमाणको क्रिप्टो मुद्रामा आधारित सम्पत्ति शुद्धीकरण गरी रुसी क्रिप्टो कम्पनीमा गएको बताएका छन् ।

चेनएनालाइसिसले यो अनुसन्धान गरेको थियो । कम्पनीले पैसा कहाँबाट कसरी आएको भनेर सबै अनुसन्धान गर्न सफल भएको जनाएको छ । अनुसन्धानका क्रममा ह्याकरले पब्लिक ब्लकचेन कारोबार प्रयोग गरेको पाइएको थियो । विश्लेषकहरुले ती ह्याकिङ ग्रुप रुसी रहेको भन्दै कारण समेत देखाएका छन् । यो अनुसन्धानले ह्याकरहरु कि रुसका कि कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)सँग सम्बन्धित भएको र उनीहरुको भाषा पनि रुसी रहेको पाइएको छ । ह्याकिङ रोक्न सन् २०२१ मा अन्तर्राष्ट्रिय अपरेसन नै चलाइएको थियो ।

गत वर्ष अमेरिकी तेल पाइपलाइन र आयरल्यान्डको स्वास्थ्य सेवामा ¥यान्समवेयर आक्रमण भएको थियो । आरोपित ह्याकरहरु रोमानिया, युक्रेन, दक्षिण कोरिया र कुवेतमा समातिएका थिए । अमेरिकाले पनि यी साइबर अपराधीबाट दशौँ लाख अमेरिकी डलर फिर्ता ल्याउन सफल भएको थियो ।

तर वर्षौँसम्म रुसले भने साइबर अपराधलाई कुनै पनि प्रश्रय नदिएको जनाउँदै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग यसबारे बताएका थिए । गत महिनामात्रै रुसी सरकारी अधिकारीले अमेरिकाको आग्रहमा रेभिल नामको ¥यान्समवेयर ग्रुपलाई छिन्नभिन्न पारिदिएको थियो ।

अमेरिका र रुस मिलेर गरेको यो विरलै हुने सहकार्य थियो । चेनएनालिसिस रिपोर्टअनुसार ९.९ प्रतिशत साइबर आक्रमणबाट चोरिएको आम्दानी इभिल कर्पमा गएको देखिएको छ । यो त्यही ग्रुप हो जसलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ, मुद्दा चलाएको छ । जुन रुसबाट सञ्चालन भइरहेको बताइन्छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया