Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा फेरि बढ्यो बेरोजगारी

चीनमा फेरि बढ्यो बेरोजगारी


बेइजिङ । चीनको बेरोजगारी दर अप्रिल महिनामा ६.१ प्रतिशत पुगेको छ । सन् २०२० फेब्रुअरीमा कोरोना महामारीको सुरुवाती चरणमा चीनमा यस्तो दर ६.२ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय विश्वको दोस्रो ठूलो अर्थतन्त्र कोरोनाका कारण पुनः लकडाउन सुरु भएसँगै सुस्त बनेको छ । आधिकारिक तथ्यांकले खुद्रा र उतपादन क्षेत्रलाई पछिल्लो लकडाउनले धेरै क्षति पु-याएको देखाएको छ ।

पूर्ण वा आंशिक लकडाउनहरु मार्च र अप्रिलमा दर्जनौँ सहरहरुमा गरिएका थिए । त्यसमा व्यावसायिक केन्द्र मानिने सांघाई समेत परेको छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले केही समयअघि मात्रै रोजगारीको अवस्था खराब अवस्थामा रहेको बताएका थिए । यद्यपि सरकारले भने यो वर्ष बेरोजगारी दर साढे पाँच प्रतिशतभन्दा कममा समृेट्ने लक्ष्य राखेको छ ।

चीनमा खुद्रा बिक्री मार्च २०२० यता ठूलो दरले खुम्चिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष अप्रिलमा यो क्षेत्र ११.१ प्रतिशतले खुम्चिएको चीनको नेशनल ब्युरो अफ स्टाटिस्टिक्सले जनाएको छ । जुन मार्चको ३.५ प्रतिशतभन्दा धेरै खराब हो । अर्थशास्त्रीहरुले ६.१ प्रतिशतले मात्रै खुम्चिने प्रक्षेपण गरेका थिए । त्यस्ते औद्योगिक उत्पादन पनि एक वर्षअघिको तुलनामा २.९ प्रतिशतले घटेको छ । यो पनि सन् २०२० फेब्रुअरीयताकै ठूलो गिरावट हो । मार्चमा भने पाँच प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया