मंकीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह
जेनेभा । विश्वका २० देशमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकीपक्सबाट संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन् ।
‘हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा संक्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको छ’, डब्लुएचओका अधिकारीको भनाइ छ । मंकीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।
यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि संक्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ । डब्लुएचओका उच्च अधिकारीहरूले संक्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिने गरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया