जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया
काठमाडौं । बीमा समितिको आयोजनामा मंगलबार समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका कानुन तथा नियमन महाशाखाका प्रमुख एवं निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्यतथ्य विवरण समावेश गरेर सञ्चालक समितिबाट स्वीकृत गरी त्रैमासिकरूपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
निर्देशक लालले बीमा कम्पनीहरूका परिपालन प्रतिवेदनमा एकरूपता नभएको, एउटै समस्या पटक–पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेस नभएको जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारबाही हुने बताए । उनले बीमा कम्पनीका काम कारबाहीलगायत समग्र पक्षको सत्यतथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमीकमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बीमा समितिका नियमन शाखाप्रमुख एवं उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धमा र उपनिर्देशक (कानुन) हृदयश्वर पण्डितले एएमएल, सीएफ्टी सम्बन्धमा प्रस्तुति गरेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानुन) शाम्भराज लामिछाने, सहायक निर्देशक (कानून) सविता थापा तथा सहायक निर्देशक (कानुन) मौनता धौबन्जार र जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया